Logo

ललिता निवास प्रकरणमा बोल्यो राणा परिवार : समाचारप्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ (विज्ञप्तीको पूर्ण पाठसहित)



काठमाडौं, १९ बैशाख । ललिता निवास क्याम्पभित्रको जग्गाका बारेमा सञ्चार माध्यममा भइरहेको चर्चाको बारेमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सुवर्ण शम्सेर परिवारले आज प्रेस वक्तव्य जारी गरेको छ। बिहीबार शुवर्ण शम्शेर परिवारको तर्फबाठ रुक्म शम्शेर राणा, हेमाद्री शम्शेर राणा र हाटक शम्शेर रााणको तर्फबाट विज्ञप्ती जारी गर्दै ललिता निवासको जग्गा प्रकरणबारे भनिएको छ,‘अदालत र अख्तियार दुरुपयोग अनुशन्धान आयोगबाट अन्तिम निर्णय र तामेली समेत भइसकेको विषय समाचार माध्यमहरुबाट जसरी समाचार प्रशारण भयो त्यसप्रति हाम्रो गम्भिर ध्यानकार्षण भएको छ।’

जारी विज्ञप्तीमा थप भनिएको छ,‘‘सुवर्ण शमसेरको नाममा दर्ता श्रेस्ता कायम भएको ललिता निवास क्याम्पभित्रको घर सुवर्ण शमसेरले मिति २०१७ असार १५को बडापत्र मालपोत कार्यालय मिति २०१७असार ३१मा रन १५४७बाट पारित गरी आफ्नै श्रीमती स्वेत प्रभा राणा—१ लाई ५७ रोपनी दरले दिई बाँकी ५७ रोपनी जग्गा आफ्नै नाममा राख्नु भएको घर जग्गा हो । ’’

पछिल्ला गतिविधिबाट सरकारले राजनीतिक पूर्वाग्रह राखेर काम गरिरहेको आफूहरुलाई लागेको समेत राणा परिवारले गुनासो पोखेका छन् । यद्धपी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग भने उनीहरुको अझैपनि अपेक्षा रहेको भनिएको छ। विज्ञप्तीमा भनिएको छ,‘नेपाली कांग्रेस पार्टीसँग हाम्रो अपेक्षा अझै बाँकी रहेको छ । नेपाली कांग्रेससँग सम्बन्ध रहेकै कारणबाट हामीले आफ्नो सम्पत्ति गुमाउन मात्र परेन घर परिवारबाट विछोडी बस्नुपर्यो तापनि हामीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर संलग्न रहेका थियौं । तपााईहरु हाम्रो निरन्तर साक्षी र संरक्षक हुनुहुन्छ । यस बखत ललिता निवासभित्र हामीले फिर्ता पाएको जग्गा कसरी जफत भएको थियो, अनि कसरी फिर्ता भयो यस सम्बन्धमा यथार्थ अध्ययन गरी तपाईहरुले आफ्नो विचार बाहिर ल्याउनु हुनेछ भन्ने हामीले पूर्ण विश्वास राखेका छौं ।’

नेपाल सरकारले २०२१ सालमा सार्वजनिक कामको लागि अधिग्रहण गरेको भनिएको जग्गामा नेपाल राष्ट्र बैंकबाहेक अन्य कुनै सार्वजनिक निकाय नबसेको पनि राणा परिवारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्