Logo

‘वर्ष दिनभित्र फोहोरबाट ग्यास’



नरुलाल चौधरी, घोराही उपमहानगरपालिका : घोराही उपमहानगरपालिका राज्यको समृद्धिको यात्रा पूरा गर्ने गरी काम गरिरहेको छ । राज्यको तीन तहको सरकारको संरचनाअनुसार काम गरिरहेका छौं । हाम्रो नगरपालिकाले गरेको मुख्य काम भनेको पूर्वाधार विकास नै हो । बाटोघाटो निर्माण गर्ने, कालोपत्र गर्ने शिक्षा, स्वास्थ्य सरसफाइ र सिँचाइका कामहरू गरिरहेका छौं । सिँचाइअन्तर्गत हामीले एकैपटक धेरै किसिमले काम गर्न सक्नेगरी कार्य अघि बढिरहेका छौं ।

जसअन्तर्गत माछापालन र पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्ने गरी सिँचाइका लागि ड्याम बनाउने काम गरिरहेका छौं । हाम्रो यस उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन् । यी सबै वडाहरूमा पक्की सडक बनाउने योजना अघि बढाइसकेका छौं । फोहोरमैला व्यवस्थापन, वातावरण मैत्री, औद्योगिक क्षेत्रको विकास गर्दै रोजगारी सिर्जना गर्ने कार्य योजना अघि बढाइसकेका छौ ।

अर्को महत्वपूर्ण काम भनेको फोहोरबाट ग्यास उत्पादन गर्ने निर्णयको टेन्डरसमेत सम्पन्न भइसकेकाले एक वर्षभित्र ग्यास उत्पादन हुनेछ । यसरी हामी समृद्धिको यात्रालाई भरपुर ढंगले पूरा गर्ने गरी जोडतोडले लागिरहेका छौं । यसरी हामीले प्रयास गरिरहेको भए पनि लागेको नेपालको कर्मचारीतन्त्रको उही पुरानै एकात्मक शासन प्रणालीको जस्तो सोचअनुसार अगाडि बढ्दा समन्वय गर्न गाह्रो भइरहेको छ ।

अर्को कर्मचारी समायोजनको नाममा फेरबदल भइरहँदा पनि हामीलाई काम गर्न गाह्रो भइरहेको छ । र पनि हामी यही स्थानीय तहको जनप्रतिनिधि हौं । हामीलाई जनता र यस क्षेत्रको समस्या बुझेका छौं । त्यसैले योजनाबद्ध काम गरिरहेका छौं ।



प्रतिक्रिया दिनुहोस्