Logo

महन्थ ठाकुरको पीडा : ‘नागरिकताको कुरा सुन्नासाथ दम घुट्छ र सास लिने अवस्था हुँदैन’



काठमाडौं, २३ बैशाख । राष्ट्रिय जनता पार्टी, नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले नागरिकताको कुरा सन्नासाथ दम घुट्ने बताएका छन् । सोमबार संघीय संसदमा नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो गुनासो पोखेका हुन् ।

ठाकुरले नागरिकता लिन भारतीयको लाइन हुन्छ भन्ने प्रचारको खण्डन गरे। उनले भने,’लाइनमा भारतीय हुन्छ तर दिने कुर्सीमा को बसेको हुन्छ, गृह मन्त्रालयमा को बसेको छ? त्यहाँ पनि इण्डियनहरू नै हो? नागरिकता दिनेहरू पनि इण्डियनहरू हो? उनीहरूले आफ्नो नागरिकलाई चिनिरहेको छैन?’

उनले नागरिकताको कुरा सुन्नासाथ ’दम घुट्ने’ बताए। ’नागरिकताको कुरा सुन्नासाथ दम घुट्छ। सास लिने अवस्था हुँदैन। आफ्नै घरमा खेत र खलियानमा हामीले विदेशीको पीडा खेप्नु परिरहेको छ। कृपया यस किसिमको प्रश्न उठाउँदा पुरानो ‘माइण्ड’मा प्रश्न उठाउनुपर्छ। यहाँ त ब्रदरका लागि एउटा कानुन छ सिस्टरका लागि एउटा कानुन छ। मधेसीका लागि एउटा कानुन छ।’



प्रतिक्रिया दिनुहोस्