Logo

मन्त्री ज्ञवालीसँग प्रधानमन्त्रीको छलफल



काठमाडौं, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट सुरु हुने आफ्नो ६ दिने भियतनाम र कम्बोडिया भ्रमणबारे परराष्टमन्त्री प्रदीप कुमार ज्ञवालीसँग आज विहान छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले कम्बोडिया र भियतनाम भ्रमणबारे हिजो मंगलाबारमात्रै संघीय संसदलाई जानकारी गराएका थिए । संघीय संसदको प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री ओलीले आफूले यही वैशाख २६ गतेदेखि कम्बोडिया र भियतनामको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराएका थिए ।

उनले जेठ १ गतेसम्म हुने आफ्नो औपचारिक भ्रमणले अन्तर्रा्ष्ट्रिय सम्बन्ध सुदृढ बनाउनुको साथै नेपालको पर्यटन प्रर्वद्धनमा सकारात्मक योगदान पुग्ने विश्वास आफूले लिएको बताएका छन् । भ्रमण सफल बनाउनको लागि प्रधानमन्त्री ओलीीले एजेण्डा तय गर्न मन्त्री ज्ञवालीसँग छलफल गरेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्