Logo

प्रधानमन्त्रीको भियतनाम र कम्बोडिया भ्रमणबारे नयाँ खुलासा : मोदीका दुतदेखि विप्लवलाई भेट्ने



काठमाडौं, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज ६ दिने भ्रमणको लागि भियतनाम र कम्बोडियातर्फ उड्दैछन् । तर, नेपालमा भने उनको भ्रमणलाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको छ । राजनीतिक विश्लेषक अरुण सुवेदीले त प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका दुतहरु र नेपालमा आँफैले प्रतिबन्ध गरेको विप्लव समूहका नेतालाई भेट्ने सनसनीपूर्ण खुलासा गरेका छन् ।

बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हन् । सुवेदीले नेपालको विदेश नीति देशको बृहत्तर हितको कोणबाट हेर्दा आफूले सफल नमान्नेसमेत दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्