Logo

गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न ११ विद्यार्थी संगठनको माग



काठमाडौं, २७ वैशाख। विभिन्न ११ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाहरुले गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । ११ विद्यार्थी संगठनले आज काठमाडौंको अनामनगरमा रहेको युनियन हाउसमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

ती विद्यार्थी संगठनहरुले गैरकानुनी रुपमा गरेको ४० प्रतिशतसम्मको शुल्क बृद्धि तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको निजीकरण, व्यापारीकरण र माफियातन्त्रको अन्त्य गर्नका लागि एक्यवद्धता जनाएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्ने उनीहरुको माग छ । नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले शिक्षा क्षेत्रमा भएको विकृति, मनपरी शुल्क असुली र पोशाकको शुल्कमा समनता नभए कारवाही गर्ने चेतावनी दिए । मनपरी शुल्क असुल्ने शैक्षिक संस्थाहरुको निगरानी गरि कारवाही गरिने उनको भनाइ थियो ।

११ विद्यार्थी संगठनले राज्यसत्ताको दुरुपयोग गरी विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई कारवाही गर्न पनि सरकारसंग माग गरेका छन् । मागका बारेमा सुनुवाइ नभए सडक आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।



प्रतिक्रिया दिनुहोस्