Logo

माधव नेपाल ओली–प्रचण्डविरुद्ध खनिए, कुरै नसुनेको आरोप



काठमाडौं, १ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले जनताका सुख, दुस्ख बुझेर पार्टी अघि बढ्नुपर्ने बताएका छन्।

युवा संघको २९ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीमा बोल्ने धेरै सुन्ने, विचार र विश्लेषण गर्ने कम हुँदा जनअपेक्षा बुझ्न नसकिएको गुनासो पोखे ।

नेता नेपालले थपे,‘बोल्ने धेरै, सुन्ने कम गरेका छौं,’ नेता नेपालले भने, ‘हाम्रा दुइटा आँखा छन्, दुइटा कान छन्। तर मुख एउटा मात्रै छ। यो भनेको धेरै सुन्ने कम बोल्ने हो।’ उनले जनअपेक्षा सुन्ने काम नभएको पनि बताए ।

उनले भने,‘ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाइ होइन, धेरै जनताको मन जित्न बाँकी नै छ।’ जनताका पीर मर्का तथा खुसीमा साथ दिन सकियो भने मात्रै जनताले विश्वास गर्ने उनले बताए।उनले भने,‘जनताले के भनिरहेका छन् सुन्नुहोला, धेरै बोलेर मात्रै हुँदैन।’



प्रतिक्रिया दिनुहोस्