Logo

नेकपा सचिवालय बैठक स्थगित्



काठमाडौं, ५ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अनिश्चित् कालका लागि स्थगित् भएको छ । पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यको कार्य्विभाजन टुंगाउने उद्देश्यका साथ आइतबारका लागि बोलाइएको बैठक एकाएक स्थगित भएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

आज विहान ११ बजे बस्ने भनिएकोे बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । बैठकमा पोलिटब्यूरोमा रहने सदस्यको नामावली र केन्द्रीय सदस्यको कार्य्विभाजनबारे सामान्य छलफल भएको भएपनि थप छलफल गर्नुपर्ने भन्दै आइतबारका लागि बैठक तय गरिएको थियो ।

FILE PHOTO/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्