Logo

ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान



काठमाडौं, ५ जेठ । ताप्लेजुङमा हवाई दुर्घटनामा परी असामयिक निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बिमा बापत पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टीनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पाँच लाख रुपैयाँको चेक हस्तारन्तरण गरेकि छन् ।

मेगा बैंकमा ‘मेगा कर्मचारी बचत खाता’ खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बिमा बापत पाँच लाख रुपैँया हस्तारन्तरण गरेको हो ।तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्