Logo

कुलमान र मोदीबीच चर्काचर्की : “आरोप प्रमाणित भए झुण्डिएर मर्न तयार छु”(भिडियोसहित)



काठमाडौं, ७ जेठ । प्रतिनिधिसभका सांसद अमनलाल मोदी र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच संसदको लेखा समितिको बैठकमा आज चर्काचर्की भएको छ ।

बैठकमा सांसद मोदीले विद्युत उत्पादन कम गरी भारतबाट किनेर कमिशन खाने दाउ भएको आरोप लगाएका छन् । मोदीले डेडिकेटेड फिडर तथा टंक लाईन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप लगाएका हुन् ।

सांसद मोदीले कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानवीन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पनि माग गरे ।

तर, लगत्तै कुलमानले आरोप प्रमाणित गर्न चूनौति दिए । उनले भने,‘आरोप प्रमाणित गर्नुहोस, म जुनियर भएर काम गर्न तयार छु, सांसदको दम्भ नदेखाउनुस् ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्