Logo

धुलोमुक्त र ढलमुक्त काठमाडौ बनाउने उपमेयर खड्गीको लक्ष्य



जेठ ११, काठमाडौं । सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको आयोजनामा आज काठमाडौं महानगरपालिकाको वडा नं ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा जन समुदायलाई प्रहरी साझेदारी कार्यक्रमद्धारा कसरी जनमानसमा, शान्ति,सुरक्षा कायम गर्न सकिन्छ भन्ने विषयमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तक्रिया कार्यक्रममा  गमलामा पानी हालेर  प्रमुख अतिथी काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खडगी  श्रेष्ठले उदघाटन् गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरि प्रभा खडगी श्रेष्ठले १८ वर्षको लामो अन्तरालपछि स्थानीय तहले जन प्रतिनिधि पाएकाले बिस्तारै काठमाडौं महानगरले  गति लिन थालेको बताउँदै  धुलोमुक्त र ढलमुक्त काठमाडौ बनाउने आफनो लक्ष रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा आफनो भनाई राख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले २१ औं शताब्दीमा बरदानको रुपमा रहेको इन्टरनेटको सामाजिक संजालले  हाल समाजले बिकृति ल्याएकाले यसलाई संयमित बनाउन अभिभावक र समाजले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
यसैगरी सो कार्यक्रममा सम्मानित व्यक्तित्व तथा हाल लागु औषद ब्युरोमा कार्यरत रहनु भएका प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले प्रहरी जनताका लागि भएको र प्रहरी र जनता मिलेरनै समाजको विकास हुने बताउनु भयो । यसअघि लामा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक हुनुहुन्थ्यो । उहाँ केही समय अघि मात्रै लागु औषध ब्युरोमा सरुवा भएर जानु भएको हो ।
सोही कार्यक्रममा आफनो भनाई राख्दै काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बहादुर बिष्टले आफनो वडाले हाल वडाको विभिन्न स्थानमा रहेका सरकारी जग्गाको खोजी गर्दै  ती जग्गामा पार्कहरुको निर्माण कार्य  भइरहेको जानकारी गराउनुभयो ।  हाल चण्डोलस्थित महानगरपालिका वडा नं ४ को कार्यालय पनि नियम बिपरीत बनाएर महानगरपालिकाले आफनो मातहतमा ल्याएको भवनमा संचालनमा रहेको जानकारी दिनुभयो  ।
यसैगरी सो कार्यक्रमलाई सम्बोधन गदै  कार्यक्रम का सभापति तथा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले समाजमा अपराध रोकथाम, सामाजिक विकृति एवं विसंगति विरुद्ध जनचेता फैलाउन , स्थानीय जन सहभागिताबाट सामुदायिक सुरक्षा  अभिबृद्ध गर्न, टोलसमाज सु व्वस्थित भए मात्रै देश सुरक्षित बन्ने  हुदा बर्दि लगाएका प्रहरीलेमात्रै सम्पुणै ठाउँ समाज सुरक्षित राख्न नसक्ने हुदा हामी जन समुदायले पनि आआफनो ठाँउबाट प्रहरीलाई सहयोग गर्नुपर्ने बताउँदै  टुँडालदेवी सामुदायिक सेवा केन्द्र यसमा लागि परेको बताउनुभयो ।
कार्यक्रममा उदघाटन पछि शुरु भएको अन्तक्रिया कार्यक्रममा वडाका विभिन्न टोलबाट आएका जन साधारणले आआफनो टोलमा रहेका समस्या बारे सम्बन्धित व्यक्तिहरुसंग आ-आफनो जिज्ञासा राखेका थिए ।
आजको अन्तक्रिया कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पुर्व अध्यक्ष तथा सल्लाहकार अच्युत सापकोटा , पुर्व उपरथी यादव बहादुर रायमझी, पुर्व उपरथी तथा सल्लाहकार शिवराम प्रधान, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाह, लगायत विभिन्न समाजसेवी , क्लबका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,जेष्ठ नागरिक , पत्रकार लगायत वडाका बरिष्ठ समाजिक प्रतिष्ठित व्यक्तिहरुको बाक्लो  उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्