Logo

‘मिडिया काउन्सिल विधेयक परिमार्जन गर्नुपर्छ’



बाँके, ११ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुनेगरी परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनले विधेयकका बारेमा धेरै नकारात्मक कुरा बाहिर आइरहेकाले परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस सङ्गठनले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने,“विवाद र विमत्ति रहेकै अवस्थामा यसलाई पास गरिनुहुँदैन, विवादास्पदरुपमा विधेयक ल्याउने कुरा नहोस्, यसलाई सबैले अपनत्व महसुुस गर्ने गरी अघि बढाउनुपर्छ ।”

उनले विधेयकलाई छलफल र सुझावसहित संशोधन गर्नुपर्ने बताए । “प्रेस स्वतन्त्र हुनुपर्छ, कहीँकतैबाट प्रेसमाथि अङ्कुश लगाउने काम राम्रो होइन, यसतर्फ सरकारले ध्यान दिन्छ”, वरिष्ठ नेता नेपालले भने, “सबैलाई अपनत्व महसुस हुनेगरी विधेयक ल्याउँदा त्यसले सरकारका काम कारवाहीमा अझ लोकप्रियता बढ्छ ।”

यस्तै उनले विप्लव नेतृत्वको नेकपालाई हतियारको राजनीतिले परिवर्तन सम्भव नभएको स्पष्ट पारे। उनले भने, “जनताका बीचमा राम्रो काम गर्नुस्, जनतामा चेनता जगाउनुस्, तर हरियार देखाएर जनतालाई तर्साउने काम नगर्नुस् ।” एउटा कम्युनिष्ट पार्टीले बहुमतको सरकार चलाइरहेका बेला सरकारका विरुद्ध हतियार उठाएर हिंसाको बाटो रोज्ने कम्युनिष्ट पार्टी हुनै नसक्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्