स्पेन, १२ जेठ । स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि भ्यालेन्सियाले जितेको छ । गएराति भएको फाइनलमा बार्सिलोनालाई २–१ ले हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो । सेभियामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन केभिन गामेईरो र रोड्रिगोले एक–एक गोल गरे ।
बार्साका लागि लियोनल मेस्सीले एक गोल फर्काए । पराजयसँगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो ।च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा लिभरपुलसँग पराजित हुँदै बाहिरिएको बार्सिलोनाले कोपा डेल रे को फाइनलमा भ्यालेन्सियासँग पराजित हुँदै अर्को पीडा भोग्नुपर्यो । एजेन्सीको सहयोगमा