काठमाडौं, १२ जेठ । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले सम्पूर्ण नेपालीलाई प्रशोधित खानेपानीको सुनिश्चितता गरी शुद्ध खानेपानी पु¥याउने सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ ।
कैलालीको टीकापुरस्थित टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको दोस्रो चुनावी साधारणसभामा उहाँले सबै नेपालीलाई शुद्ध खानेपानी उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । “प्रशोधित खानेपानीको सुनिश्चितता सरकारको मुख्य एजेण्डा हो”, उहाँले भन्नुभयो ।
मुलुकमा करीब ४३ हजार उपभोक्ता समितिमार्फत जनतालाई खानेपानीको व्यवस्था गरिएको मन्त्री मगरले भन्नुभयो । खानेपानी घरघरमा पु¥याउन उपभोक्ता र विभिन्न सङ्घसंस्थामार्फत सरकार लागिपरेको उहाँको भनाइ थियो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शुद्ध खानेपानी पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार भएको बताउनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले खानेपानी ढल निकाससँग पनि जोडिएकाले ढल निकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।