Logo

एक हजार एक सय नौ जनालाई संविधानसभा पदक



काठमाडौं, १६ जेठ । सरकारले संविधान निर्माणमा योगदान पुर्‍याएका एक हजार एक सय नौ जनालाई संविधानसभा पदकबाट विभूषित गर्दै छ । गणतन्त्र दिवसको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष कार्यक्रम आयोजना गरी संविधानसभा पदक वितरण गरिरहेकी छन् ।

पदक वितरण बेलुका ५ बजेसम्म जारी रहनेछ । संविधानसभा पदक पाउनेहरुमा २०६४ र २०७० मा भएका दुवै संविधानसभामा प्रतिनिधित्व गरेका सभासद छन् ।

पदक पाउनेमध्ये एक नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीकै नाम छ । राष्ट्रपतिपछि प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, पूर्व राष्ट्रपति डा. रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरूलगायतको नाम वरियताका आधारमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्