काठमाडौं, १६ जेठ । युरोपा लिग फुटबलको उपाधि इङ्गलिस फुटबल क्लब चेल्सीले जितेको छ । गएराती अजरबैजानको बाकुमा भएको फाईनल खेलमा प्रिमियरसिप प्रतिद्धन्दी आर्सनललाई ४–१ ले हराउँदै चेल्सीले दोस्रो पटक युरोपा लिग जितेको हो ।
आफनै शहरको प्रतिद्धन्दी आर्सनलविरुद्धको खेलमा चेल्सीलाई विजयी गराउन एडिन हाजार्डले दुई गोल गरे । संभवतः चेल्सीका लागि अन्तिम खेल खेलेका हाजार्डले अर्को एक गोलका लागि अवसर मिलाइदिए ।
चेल्सीका लागि ओलिभर जिरु र पेड्रोले एक एक गोल थपे । आर्सनलका एलेक्स इओबीले सान्तोना गोल फर्काए । यो जितसँगै चेल्सीले युरोपा लिगमा दोस्रो तथा समग्रमा तेस्रो युरोपियन उपाधि जितेको छ ।
सन् २०१३ मा पहिलो पटक युरोपा लिग जितेको चेल्सीले २०१२ मा युएफा च्याम्पियन्स लिग जितेको थियो । गएराती पराजित भएपछि आर्सनलको भने आगामि सिजन च्याम्पियन्स लिग खेल्ने संभावना समाप्त भएको छ । एजेन्सीको सहयोगमा