ऋषि धमला : नरेन्द्र दामोदरदास मोदीले चुनावी भाषणमा भन्थे, ‘अबकी बार तीन से पार †’ भारतको लोकसभा चुनावमा भारतीय जनता पार्टीलाई तीन सयभन्दा बढी सिट दिलाउने प्रण गरेका थिए उनले । आखिर भनेजस्तै भयो । पाँच वर्ष सत्तामा रहेको भाजपाले तीन सय तीन सिट जित्यो । भाजपा गठबन्धनसमेतको सिट जोड्दा तीन सय ५३ हुन आयो । चुनावमा मोदीको करिश्मामयी व्यक्तित्वका कारण भाजपाले उल्लेख्य सफलता हासिल ग¥यो । मोदी भारतको इतिहासमा मात्र नभई विश्व इतिहासमै बलियो करिश्मामयी नेताका रूपमा स्थापित हुन सके ।
गुजराजतको सामान्य परिवारमा जन्मे हुर्केका मोदीले सरल जीवनयापन गर्दै आफूलाई सामथ्र्यवान नेताका रूपमा प्रस्तुत गर्न सके । तत्कालिन् भाजपा अध्यक्ष अटलविहारी वाजपेयीको नजरमा मोदी भविष्यमा भारत हाँक्न सक्ने नेताका रूपमा परे । वाजपेयीले नै मोदीलाई गुजरातको मुख्यमन्त्री बन्न निर्देशन दिएका थिए । गुजरातलाई भारतकै उदाहरणीय राज्य बनाउन सके । जसका कारण भारतीय जनताले मोदीलाई स्वीकारेका थिए । सन् २०१४ को लोकसभा चुनावमा मोदी भाजपाका तर्फबाट प्रधानमन्त्रीका रूपमा तत्कालिन् पार्टी अध्यक्ष राजनाथ सिंहद्वारा प्रस्ताव गरिएका थिए । भाजपा जित्नुमा मोदीकै करिश्मामयी व्यक्तित्व कारण बन्यो ।
यसपटकको लोकसभा चुनावमा पनि मोदीका कारण भाजपा जित्यो । भारतका बलिया र अनुभवी नेताहरू मोदीवरुद्ध एकजुट हुँदासमेत मोदीले जिते । उत्तर प्रदेशमा सधैं एक–अर्काका प्रतिष्पर्धी बन्दै आएका मायावती र अखिलेश यादवसमेत मोदीविरुद्ध एकजुट भए । पश्चिम बंगालमा मोदीविरुद्ध कंग्रेसआई र तृणमूल कंग्रेस नजिकिए । सबै नेता एकातर्फ मोदी अर्कोतर्फ जस्तै भयो भारतको चुनाव । तैपनि, मोदी भारी साबित भए । मोदीको जादु चल्यो । उनी दोस्रो कार्यकाल प्रधानमन्त्री बन्न सफल भए ।
मोदी तल्लो वर्गको प्रतिनिधित्व गर्ने नेताका रूपमा परिचित छन् । तल्लो तहमा काम गर्ने जनताको दुःखसुख बुझ्छन् । किसान, मजदूर र महिलाको अधिकारका लागि महŒवपूर्ण काम गरे । मोदीप्रति मुसलमान समुदाय सकारात्मक नभएको विषय उठ्ने गर्छ । तर, उनले मुसलमान समुदायका महिलाको अधिकारका लागि कानुन परिमार्जन गर्न लगाए । सीमान्तकृत जाति र समुदायको अधिकारका लागि लोकप्रिय कार्यक्रम ल्याए । मोदीले जनताको मन जिते । मत जिते । उनको जीतको भारतभित्रबाट मात्र नभई संसारबाट स्वागत भयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चीनका राष्ट्रपति सी जिङपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत संसारका शक्तिशाली नेताहरूले मतगणना हुँदै गर्दा मोदीलाई बधाई दिइसकेका थिए । यसबाट मोदीको अन्तर्राष्ट्रिय तहमा निकै उचाइ बढिसकेको बुझ्न सकिन्छ ।
भारतभित्र मोदी निर्विकल्प नेताका रूपमा स्थापित भइसकेका छन् । अब उनी विश्वका शक्तिशाली नेता बन्ने महŒवकांक्षामा अघि बढ्ने संकेतहरू दिइसकेका छन् । भारतलाई अन्तर्राष्ट्रिय तहमा शक्तिशाली स्थानमा पु¥याउने उद्देश्य मोदीले सन् २०१४ को लोकसभा चुनाव अघिनै बताइसकेका थिए । आगामी दिनमा उनी अझ सशक्त रूपमा प्रस्तुत हुने देखिँदैछ ।
मोदी सबैलाई छक्क पार्ने नेता बनेका छन् । सन् २०१४ मा सत्तामा आएलगत्तै आश्चर्यजनक घोषणाहरू गरे । नोटबन्दीको निर्णय लिंदा राजनीतिलाई दाउमा राखे । तर, हिम्मत नहारी सफल बनाए । पाकिस्तानमा ‘सर्जिकल–स्ट्राइक’ को निर्णय लिए । दक्षिण एसियामा राजनीतिक तरंग आउने उक्त घटनाले मोदीलाई भारतभित्र लोकप्रिय बनायो ।
अन्तर्राष्ट्रिय क्षेत्रमा समेत मोदी निडर नेताका रूपमा दर्ज भए । अचानक पाकिस्तानको लाहोर पुगी तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई भेटेका थिए । मोदीले यसमा समेत जोखिम मोले । पुलवामामा भएको आतंककारी हमलापछि पाकिस्तानको सीमाभित्र प्रवेश गरी बम आक्रमण गर्न आदेश दिए । उक्त घटनामा भारतका एक सैनिक पाकिस्तानको नियन्त्रणमा परे । वायुसैनिकका अधिकृतलाई जिउँदै भारत फर्काउन सफल भए । यसबाहेक ‘सबका साथ, सबका विकास’ को नारासहित जनताको घरदैलोमा विकासका कार्यक्रम पु¥याए । वाक्कलाका धनी मोदीसँग ‘मिसन’ र ‘भिजन’ दुवै देखियो । जसका कारण उनले बोलीलाई व्यवहारमा परिणत गर्ने सफलता हासिल गरे ।
मोदी युगमा नेपाल–भारतसम्बन्ध
मोदी नेपाललाई औधी माया गर्ने नेता हुन् । चारपटक नेपाल भ्रमण गरेर यसलाई प्रमाणित गरिसके । नेपाल–भारतसम्बन्धमा रहेका समस्या समाधान मोदी युगमा सम्भव भएको छन् । जलविद्युत आयोजना निर्माण परियोजना रोकिएकोमा अहिले ती सबै योजनाहरू धमाधम अगाडि बढेका छन् । सीमा समस्या, स्रोतको बाँडफाँटलगायत द्विपक्षीय सम्बन्धका कतिपय मुद्दाले समाधानको बाटो लिएका छन् ।
यो कुरा स्वयं नेपाल सरकारले समेत दाबी गर्दै आएको छ । मोदीले नेपालको विकासमा भारतको साथ रहने विश्वास दिलाउँदै तदनुरूपको व्यवहार गरेका छन् । भारतसँग जोडिएको ‘रेल–लिंक’ केही निर्माण सम्पन्न भएका छन् । केही निर्माण भइरहेका छन् । नेपालसँग अझ ‘कनेक्टिभिटी’ बढाउने गरी दुई देशका सहरबीच बस सेवा सञ्चालनमा छ । नेपाली जनता आफैले उक्त बसलाई ‘मोदी बस’ भन्ने गर्छन् । त्यसैले, मोदी नेपाली जनताको मनमा बसेका छन् ।
मोदीयुगमा दुई देशको सम्बन्धमा केही तीतो घटना नभएका होइनन् । विशेष गरी भारतसँग सीमा जोडिएको क्षेत्रमा नाकाबन्दीको समस्या भयो । मधेस केन्द्रित दलहरूले नाकाबन्द गर्दा भारतले भूमिका खेलेको आरोप लाग्यो । तर, मोदीले आफ्ना दूतहरूमार्फत् उक्त घटनालाई बिर्सेर सुन्दर भविष्य निर्माणमा लाग्नुपर्ने बताइसकेका छन् । आग्रह र पूर्वाग्रहभन्दा माथि उठ्ने मोदीको व्यवहारका कारण उनको पछिल्लो समयमा महŒवपूर्ण नेपाल भ्रमण भइरह्यो । उनले पुनः नेपाल आउने संकेत गरिसके । पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधामको यात्रा गरिसकेका मोदी लुम्बिनी आउन चाहन्छन् ।
आफू अर्कोपटक नेपाल आउँदा भगवान गौतमबुद्धको जन्मथलो लुम्बिनी पुग्ने इच्छा देखाएका थिए । अब मोदीको भ्रमण धार्मिक तीर्थयात्राकै लागि भए पनि लुम्बिनीमा हुन सक्छ । मोदीले तीर्थयात्रा गरेर नेपालका धार्मिक तीर्थस्थलहरूमा आकर्षण बढाइदिए । जनकपुरधाम र मुक्तिनाथ मोदी पुगेका मात्र के थिए त्यस क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको लाग्यै छ ।
प्रधानमन्त्री नहुँदै सामान्य तीर्थयात्रीका रूपमा नेपाल भ्रमण गरेकाले मोदी नेपालबारे जानकार छन् । हिमालयको काँखमा अवस्थित अनमोल रत्न भनेका छन्–काठमाडौंलाई । भक्तपुर, ललितपुरलगायत नेपालका विभिन्न स्थानको सुन्दरताको व्याख्या शब्दबाट गरेका छन् । कुनै पनि अर्को देशको नेताले नेपालको विभिन्न स्थानको व्याख्या गरेको यो नै पहिलो पटक होला । प्रधानमन्त्री भएलगत्तै नेपाललाई दोस्रो गन्तव्यस्थल बनाएर औपचारिक भ्रमण गरेर नेपाललाई प्राथमिकता दिएको सन्देश दिएका थिए ।
मोदीको आज साँझ हुने सपथमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन त्यसतर्फ जाँदैछन् । बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखलाई निम्तो गरेर मोदीले छिमेकलाई उच्च प्राथमिकतामा राखिएको सन्देश दिइसके । भारतको विदेश मन्त्रालयले छिमेक सधैं प्राथमिकतामा राखिने नीतिअनुसार निम्तो गरिएको उल्लेख गरेको छ । यसबाट पनि नेपालप्रति मोदीको विशेष चासो बुझ्न सकिन्छ । नेपाललाई निकै माया गर्ने र नेपालबारे निकै जानकार छिमेकी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि ऐतिहासिक अवसर हो । यसलाई हामीले खेर फाल्न हुन्न ।
सुनौलो अवसर
मोदीको जादु भारतभित्र चलिसकेको छ । उनको जादुले छिमेकहरूले पनि लाभ लिनसक्ने अवस्था बन्न सक्छ । अन्तर्राष्ट्रिय जगत्मा दक्षिण एसिया बलियो क्षेत्रका रूपमा देखिँदै गएको छ । यसका पछाडि मोदीको कुशल नेतृत्व र निडर व्यक्तित्व नै मुख्य कारण हो । मोदी युगमा भारतले तिव्र आर्थिक वृद्धि हासिल गर्न सक्यो । यसको फाइदा नेपालले पनि लिनसक्छ । मोदी युगमा नेपालले धेरै सहयोग पाउने वातावरण बन्न सक्छ । अघिल्ला पाँच वर्षमा पूर्वाधार विकासका क्षेत्रमा भारतले निकै सहयोग दिएको छ । नेपालका लागि पारवहन सुविधाहरूको अझ दायरा बढाइदिएको छ ।
नेपालमा भारतीय लगानी बढेको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माणमा लगानी जुटेको छ । अन्य परियोजनमा पनि लगानी जुट्ने वातावरण बनेको छ । ‘कनेक्टिभिटी’ बढाउन मोदीले प्रत्यक्ष चासो लिएका छन् । भारतजस्तो बलियो छिमेकीले नेपालको विकासमा यति धेरै चासो लिनु आफंैमा उत्साहजनक सन्देश हो । मोदी नेपालको समृद्धि र विकास चाहन्छन् । उनले नेपालको शान्ति र विकासबाट विश्वले पाठ सिक्नुपर्ने समेत भनेका थिए । मोदी अरूलाई सिकाउने भन्दा आफंै सिक्ने नेता हुन् । अब हामीले पनि मोदीबाट सिक्नुपर्छ र लाभ लिन सक्नुपर्छ ।
भारतसँगको विशेष सम्बन्धलाई रचनात्मक र झन् सकारात्मक दिशामा अगाडि बढाउन सके नेपालले विकासमा काँचुली फेर्न सक्छ । योभन्दा उत्तम अवसर नेपालको इतिहासमा अर्को नहुन सक्छ । मोदी युगको सुनौलो अवसरलाई खेर फाल्न हुँदैन । प्रधानमन्त्री ओलीले पनि नेपालको विकास र समृद्धिमा अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन पहल गरिरहेका छन् । खासगरि नजिककको छिमेक भारतबाट जहिल्यै पनि नेपाललाई सहयोग भइरहेको छ ।
त्यसमा पनि ओलीको पछिल्लो समृद्धिको एजेन्डामा मोदी निकै सकारात्मक देखिएका छन् । आगामी दिनमा ओलीलाई विकास र समृद्धिको महाअभियानमा मोदीले दह्रो साथ दिने देखिएको छ । त्यसैले नेपालको उन्नति र प्रगतिको लागि ओलीले मोदीसँग अब काँधमा काँध र हातमा हात मिलाएर अघि बढ्दा नै उत्तम हुन्छ । यो दुवै देशको लागि हितकर छ । मोदीको नेपालप्रतिको मायालाई मनन गरेर देश विकासमा छिमेकको साथ र सहयोग लिने क्षमता नेतृत्वले देखाउन सक्नुपर्छ ।