काठमाडौं, १९ जेठ । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक दिन नेत्रविक्रम चन्द (विप्लव) पनि नेकपामा आउने दाबी गरेका छन् । विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ ।’ विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ ।
तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम