Logo

ठगी नियन्त्रणका लागि विभागले विषेश काम गर्दैछ’



जेठ १९, बुटवल । बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भूषालले बैदेशिक रोजगारमा हुने ठगी नियन्त्रणका लागि विभागले विषेश काम सुरु गरेको दावी गरेका छन् ।

उनले पछिल्लो समयमा संस्थागत ठगी धेरै भएको भन्दै विभाग त्यसको नियन्त्रणका लागि काम गरिरहेको बताए । ‘बैदेशिक रोजगारमा जाने नपालीहरुमाथि संस्थागत ठगी बढेको पाइएको छ , उनले भने–‘त्यस्ता ठगी नियन्त्रणका लागि विषेश रणनीतिका साथ काम गर्ने विभागले लक्ष्य लिइएको छ ।’

३९ प्रतिशतले बैदेशिक रोजगारमा जानेको सख्या घटेको पछिल्लो तथ्यांक प्रस्तुत गर्दै महानिर्देशक डा. भुषालले रेमिटान्समा भने बृद्धि भएको बताए । मलेसिया, कतार जस्ता देशमा देखा परेको पछिल्लो परिस्थिति र नेपालको आन्तरिक अवस्था सुधारका कारणले पनि बैदेशिक रोजगारी जानेको सँख्या घटेको उनको तर्क छ ।

उनले सेवालाई सर्वसुलभ र सरल बनाउन अनलाईन प्रणालीमा जाने तयारी भैरहेको बताए । रिपोर्टस क्लव प्रदेश ५ ले आइतवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महानिर्देशक डा. भूषालले विभागको प्रशासनिक क्षेत्रमा देखा पर्ने अनुसाशनहिनतालाई अन्त्य गर्ने विभागको योजना रहेको बताए ।

विभाग अर्धन्यायिक निकाय भएको भन्दै उनले ५ हजार मुद्धाहरु बक्यौता रहेको र दिनानुदिन मुद्धाहरु आउने हुँदा फरफारक गर्न समस्या देखिएको बताए । उनले मेनपावर कम्पनीहरु खारेज भैसकेको भन्दै बैदेशिक रोजगारको नाममा पासफोर्ट होल्ड गर्ने जो कसैलाई पनि पक्राउ गर्ने र कानून अनुसार कारवाही गर्ने बताए ।

बैदेशिक रोजगारका विषयमा सूचना र सचेतना स्थानीय तहसम्म पुर्याउन काम गरिने उनले बताए । पछिल्लो समय सरकारले स्थानीय तहमा खटाइएका रोजगार अधिकारी मार्फत काम हुने बताए ।

जापानीज भाषाका लागि अझै पनि ‘लेवलिं’ नभएको भन्दै इष्टिच्युटहरुले लेवलीगं गरिएको भन्ने विषयमा कुनै तुक नभएको बताए । ‘भाषाको नाममा कमाइ खाने गरी इष्टिच्युटहरुले काम गरिरहेका छन्, उनले भने–‘जापानले भाषा र सीपको परिक्षणका आधार मात्र रोजगारमा लैजाने हो ।’ साक्षात्कारमा बोल्दै इपियस कोरिया शाखाका निर्देशक कृष्ण प्रसाद खनालले कोरियामा रोजगारीका लागि लैजाने प्रकृया निष्चित प्रणालीमा नै संचालन भैरहेको बताए ।

उनले नेपालमा नाम निकालेर पालो कुरेकाहरु सिस्टम अनुसार नै जाने बताए । उनले भाषा परिक्षाको मध्यमबाट नै रोजगारीमा जान चाहानेहरुलाई लैजाने कोरिया सरकारको नीति अनुसार नै नेपाली युवाहरुलाई लाने बताए । नेपालबाट कोरियाले धेरै जनशक्ति लाने गरेको भन्दै निष्पक्ष रुपमा कोरिया सरकारले नै छनोट गर्ने हुनाले सोही अनुसार नै नेपालीहरुलाई रोजगारीमा जाने गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै श्रम तथा रोजगार कार्यालयका नि. प्रमुख बालकृष्ण थापाले बुटवल कार्यालयलाई थप व्यवस्थित गर्ने गरी काम भैरहेको बताए । बुटवलमा स्थान अभावमा झेलिरहेको समस्या अन्तय भएको भन्दै उनले अव काममा गुणस्तरियता कायम गर्ने बताए । कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।



प्रतिक्रिया दिनुहोस्