काठमाडौं, २० जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित् भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई जनामात्रै वान टु वान भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
महासचिव विष्णु पौडेलले सचिवालय सदस्यहरुलाई बैठक स्थगनको सूचना पठाएको एक सदस्यले जानकारी दिए । केन्द्रीय सदस्यहरुको कार्य बिभाजनलगायतका विषयमा निर्णय गर्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुने भएको छ । हिजोपनि दुई अध्यक्षबीच एक्लाएक्लै तीन घण्टा छलफल भएको थियो ।