Logo

छोरा खाडी मुलुकमा गएपछि ऋषि धमला यस्तो हालतमा भेटिए (भिडियोसहित)



काठमाडौं, २१ जेठ । चर्चित पत्रकार ऋषि धमला पूनः एक म्युजिक भिडियोमा देखिएका छन् । हिजो (सोमबार) साँझ ओ.एस.आर. डिजिटलमार्फत सार्वजनिक भएको ‘आमा बाबा’ नामक गीतको म्युजिक भिडियोमा धमला बुवाको भूमिकामा देखिएका छन् ।

गीतमा धमलाले आफ्नो छोरालाई रोजगारीको लागि खाडी मुलुक पठाएको देखिन्छ । कामको सिलसिलामा छोराको विदेशमै निधन भएपछि धमला विक्षिप्त बन्न पुग्छन् । गीतमा धमलाको बेजोड अभिनय देखिएको छ । गीतमा धमलासँगै कविता आले, युडी गुप्ता र नारेन श्रेष्ठको मुख्य भूमिका रहेको छ । उक्त गीतमा स्वर तथा संगीत नोरेन श्रेष्ठको छ भने शब्द रचना जोया श्रेष्ठको छ ।

गीतको एरेन्जर याकुव तामाङ हुन । उक्त गीतको छायांकन भने जेनिश शाक्य र वसन्त महर्जन (बाण्ड) ले गरेका हुन् । भिडियोको निर्देशन भने युडी गुप्ता र सैवा शर्माले गरेका हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्