Logo

भूकम्पको हल्ला चलाउने ज्योतिषी क्षेत्री पक्राउ



जेठ २१, काठमाण्डौ । देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा ३६ वर्षीय क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्