Logo

नेकपाको कार्यविभाजनको टुंगो लाग्दै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक कार्यविभाजनको टुंगो लगाइदैछ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यविभाजनको खाका तयार गरेका छन् ।

नेताहरुले बैठक बसेर खाका तयार गरेपछि सचिवालयमा प्रस्ताव राखेर कार्यविभाजन टुंगो लगाउन लागेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले नेकपाभित्रका महत्वपूर्ण विभागहरुको जिम्मेवारी तोक्ने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बालुवाटार बैठक नेकपाभित्रको कार्यविभाजनमा केन्द्रित भएको जानकारी दिए ।

 नेकपाको महत्वपूर्ण विभागहरुमा शक्तिशाली नेताहरुको दाबी रहेको छ । संगठन विभागमा सचिवालय र पोलिटब्युरोका नेताहरुको दाबी रहेको छ । बैठक आजै टुंगोमा पुग्ने बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाल डट कमलाई बताए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्