काठमाडौं, २३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्व गृहमन्त्री जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमाथि कडा टिप्पणी गरेका छन् । उनले कांग्रेसले गल्तीहरु दोषारोपण गरेर पानीमाथिको ओभानो बनेको भन्दै त्यसो नगर्न चेतावनी दिएका छन् ।
बिहीबार प्रतिनिधसभामा बजेटबारे छलफलका क्रममा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन । उनले संविधान निर्माणलगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमिकमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताए ।