काठमाडौं, २४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीले भोलि जेठ २५ गतेबाट युरोपको साताव्यापी भ्रमणमा निस्किँदै छन् । आफ्नो भ्रमणको बारेमा जानकारी दिन उनी आज भ्रमण दलमा सदस्यसहित शितल निवास पुगेका हुन् ।
प्रधानमन्त्री ओली जुन ८ अर्थात जेठ २५ गते युरोप प्रस्थान गर्ने भएका छन्। उनी स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तराष्ट्रिय श्रम संगठन आईएलओको सताब्दि समारोहमा सहभागी हुनेछन्। त्यसपछि बेलायत र फ्रान्सको औपचारीक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ । जेठ २९ गते फ्रान्स गएर त्यहाँ प्रधामन्त्री ओलीले उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ । उहाँ जून १५ अर्थात जेठ ३१ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
ओलीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्ने बताइएको छ। प्रधानमन्त्री ओली आगामी असार १ गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।