Logo

कांग्रेसद्वारा संसद अवरुद्ध, गृहमन्त्रीसँग माग्यो यस्तो जवाफ



काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दे संसद बैठक अवरुद्ध गरेको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलामा भएको प्रहरी दमनको भत्र्सना गर्दै सो बारे गृहमन्त्रीको जवाफ माग गरेको हो।

भूमिसुधार मन्त्रीको जवाफपछि पनि कांग्रेस सांसदहरुले आइतबार माइतीघर मण्डलामा प्रर्दशनकारी माथि भएको धरपकडबारे गृहमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले शान्तिपूर्ण रुपमा भेला भएका आम नागरिक माथि वर्वरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भत्र्सना गरे।



प्रतिक्रिया दिनुहोस्