जेठ ३२, काठमाण्डौ । सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी ८ नबज्दै विज्ञप्ति जारी गर्दै फिर्ता गरेको हो । यता विभागले भाडा वृद्धि गरेलगतै किन फिर्ता ग¥र्याे भनेर अहिले आम चासोको विषय बनेको छ ।
सार्वजनिक यातायातको बढाएको भाडा एक दिन नवित्दै फिर्ता लिएको छ । छोटो तथा लामो दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने गरिएको निर्णय एक दिन पनि टिकेन ।
वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको भनिएको थियो ।
भाडा बढाउने निर्णयको सामाजीक सञ्जाल तथा सबैतिर विरोध भयो । विरोधपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा भाडा समायोजन रोक्न आदेश आएपछि निर्णय फिर्ता लिईएको यातायात विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।
प्रधानमन्त्री पनि स्वदेशमा नभएको अवस्था र संसदमा बजेटका विषयमा छलफल चलिरहेको साथै प्रतिपक्षीको विरोध पनि उत्तिकै छ । साथै सरकारले ल्याएको विभिन्न विधेयकहरु विवादमा छन् ।
यसै अवस्थामा भाडा वृद्धिको निर्णयले उपभोक्तालाई थप आक्रोश बनाउन सक्ने भन्दै फिर्ता लिईएको जनाईएको छ । साथै प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि मापदण्ड मिलाएर समायोजन गरिने खनालले बताएका छन् ।
अहिले तत्काललाई बढाउने निर्णय फिर्ता लिएपनि प्रधानमन्त्री स्वदेश फर्किपछि छलफल हुने उनले बताए । सरकारले दशैंअघि १० प्रतिशत भाडा बढाएको थियो । दशैंअघि भाडा बढाउँदा अध्ययन कमिटीको सिफारिसमा पुन भाडा समायोजन गर्ने भनिएको थियो ।
तर, विभागले अस्थाई रुपमा बढाएको भाडा बदर नगरी त्यही भाडामा नै थप हुने गरी बिहिबार भाडा बढाएको भन्दै कार्यबाहक प्रधानमन्त्रीले पछि हट्न सुझाएपछि भाडा घटाईएको हो ।