Logo

२–४ जना नेवारको विरोधले विधेयक फिर्ता हुँदैन : शान्ता चौधरी (भिडियोसहित)



असार १, काठमाण्डौ । गुठी विधेयकको खुलेर समर्थन गर्दै आएकी नेकपाका सांसद शान्ता चौधरीले गुठियारहरुले अनावश्यक बखेडा झिकेर आन्दोलन गरेको आरोप लगाएकी छिन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै चौधरीले गुठी विधेयक सरकारले जानेर बुझेर आवश्यकताका आधारमा ल्याएकाले विरोध गर्नुको औचित्य नभएको बताएकी हुन् ।

काठमाण्डौका केही तत्वहरुले अनावश्यक प्रचार गरेर विधेयकलाई विवादमा ल्याएको चौधरीको तर्क छ । उनले २–४ जना नेवाहरुले विरोध गर्दैमा विधेयक फिर्ता नहुने पनि बताएकी छिन् ।

काठमाण्डौमा विधेयकको विरोधमा भएको आन्दोलनभन्दा दाङमा पक्षमा भएको आन्दोलन ठूलो भएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्