बझाङ, २ असार । सदरमुकाम चैनपुर नजिकै जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् ।
सोमबार डुङग्रीबाट मष्टा गाउँपालिका तर्फ जाँदै गरेको से १ ज १०७२ नम्बरको जीप भीरबाट खसेको थियो । राससका अनुसार घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ ।
प्रहरी नायब निरीक्षक महानन्द जोशीका अनुसार जीप भीरमा अड्किएकाले उद्धारमा कठिनाई भइरहेको छ । डोरीको सहायताले शव निकाल्ने र घाइतेको उद्धार गरिएको छ ।
जीप दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेपनि भारवहन क्षमताभन्दा बढी यात्रु चढेका कारण दुर्घटना भएको हुनसक्ने बताइएको छ ।