Logo

परराष्ट्रमन्त्री ज्ञवालीले मोदीको यसरी गरे प्रशंसा (भिडियोसहित)



असार २, काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले ओली र मोदीको केमेष्ट्री मिलेको बताएका हुन् । आगामी दिनमा दुई प्रधानमन्त्रीबीचको सम्बन्ध झन राम्रो हुने मन्त्री ज्ञवालीको दावी छ ।

मन्त्री ज्ञवालीले नेपाल भारत प्रवृद्ध समुहले तयार पारेको इपिजी प्रतिवेदन भारतका प्रधानमन्त्री मोदीले छिटै स्वीकार गर्ने पनि बताए ।

पछिल्लो समय विगतमा भन्दा ओलीको अन्तराष्ट्रिय छवी राम्रो भएको दावी मन्त्री ज्ञवालीले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्