काठमाडौं । गुठी विद्येयकको विरोधमा आन्दोनलमा उत्रिएका अगुवा आन्दोलनकारी मल्ल के. सुन्दरले विभागीय मन्त्री पद्यमा अर्याललाई काठमाडौंको वसन्तपुरमा आएर आफूहरुसँग खुल्ला बहस गर्न चूनौति दिएका छन् ।
मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
उनले उक्त गुठी विधेयक, २०७५ कानुनतः क्रियाशील भए हालसम्म प्रचलनमा रहेका गुठीहरूको सञ्चालनमा प्रतिकूलता आउनेछ र यस अन्तर्गतका सम्पूर्ण सम्पदा, संस्कृति, रीति, परम्परा, जात्रापर्व लोप हुने खतरा औंल्याए ।
गुठी आयस्ता व्यवस्थापन गर्ने नाममा प्रस्तावित विधेयकले यसलाई प्राधिकरण मातहत ल्याउने र गुठी अन्तर्गतका सम्पूर्ण स्रोतमाथिको स्वामित्व हडप्ने नियत राखेको उनको आरोप छ ।
यद्धपी उनले सरकारले उक्त गुठी विद्येयक फिर्ता लिएको घोषणा गरेकोले अहिलेलाई आन्दोलन स्थगित् भएको स्पष्ट पारेका छन् । तर, सरकारप्रति आफूहरुको खबरदारी भने जारी नै रहेको पनि उनले जानकारी दिए ।