Logo

विज्ञापन नरोके मधेश आन्दोलनको चेतावनी



काठमाडौं, ४ असार । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन नरोके मधेश आन्दोलन गर्ने चेतावनी आएको छ । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदमा विशेष समय लिएर बोल्दै विज्ञापन नरोके चौथो मधेश आन्दोलन हुने चेतावनी दिएका हुन् ।

‘विज्ञापन समावेशी र समानुपातिक नभएकाले रोक्नुपर्छ,’ कर्णले भने,‘विज्ञापन नरोके संसद छाडेर चौंथो मधेश आन्दोलनमा जान्छौं ।’ देशमा पटक पटक आन्दोलन गर्नुपरेको भन्दै संविधान बमोजिमको कार्य नगरेर सरकारले संविधानको धज्जी उडाएको बताए ।

कर्णले संसद अवरुद्ध गर्ने चेतावनी दिए । संसदीय समितिले विधेयक रोक्न भन्दा भन्दै संसदको धज्जी उडाइएको बताए ।



प्रतिक्रिया दिनुहोस्