काठमाडौं, ५ असार । नक्कली प्रमाणपत्रधारी प्रहरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शाल विशेष ब्यूरोमा कार्यरत प्रहरी नायब निरीक्षक सरोज क्षेत्री केसी उमर अख्तियारले बुधबार आरोपपत्र दायर गरेको जनाएको छ ।
केसीले भारत उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्, हरिश्चन्द्र इन्टर कलेजबाट प्राइभेट आइ.कम. उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेका थिए । उनले सोही प्रमाणपत्रका आधारमा प्रहरी नीरिक्षकमा बढुवा भएको पुष्टि भएको अख्तियारले जनाएको छ ।
उनीमाथि भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्या दायर गरिएको अख्तियार प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिएका छन् ।