Logo

सरकारी निकायप्रति नै प्रधानमन्त्री सशंकित



काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई कमजोर बनाउनतिर सरकारी निकाय नै उद्दत रहेको बताएका छन्। बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले भित्रबाटै कमजोर बनाउने खेल भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारी निकाय नै सरकारलाई कमजोर,अलोकप्रिय बनाउनतिर अग्रसर भएको बताए। उनले भने,‘असहयोगको वातावरण बनेको छ। खुलेआम सरकारलाई बदनाम गर्ने राजनीतिक तबाट पहिलेदेखि नै खेल हुँदै आएको कुरा हो, तर पछिल्लो समय सरकारी नियकाबाटै भएको छ। यसमा हामी सजग हुनु जरुरी छ। सजग हुने भनेको कसैले भन्ने ठाउँ नपाउनेगरी काम गर्ने हो। माननीय मन्त्रीहरुले यसमा ध्यान दिनु पर्‍यो।



प्रतिक्रिया दिनुहोस्