काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । गच्छदारले सरकार अधिनायकवाद र सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए ।
बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै गच्छदारले विधेयक फिर्ता लिनु बहादुरी नभएको भन्दै गलत विधेयक ल्याएकोमा नैतिककताका आधारमा राजीनामा दिन तयार हुनुपर्ने बताएका हुन् ।
तथा संसदीय दलका उपनेता समेत रहेका गच्छदारले भने, ‘मन्त्रीसँगमात्र छलफल गरेर हुन्छ, सरोकारवाला, विपक्षीसँग छलफल परामर्श गर्नु पर्दैन ? यतिकै भनिदिने गुठी विधेयक ल्यायौं, फिर्ता गर्यौं । फिर्ता गर्नु बहादुरी होइन । गल्ती विधेयक ल्याएकोमा, संविधान विरोधी विधेयक ल्याएको प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ, राजीनामा दिन पनि तयार हुनुपर्छ ।’