आत्महत्या गरिएको पेस्तोलको दुई करोड मूल्य तिरी एक व्यक्तिले खरिद गरेका छन् । सुसाइड गन भनिएको उक्त पेस्तोलको प्रयोग गरी प्रख्यात चित्रकार भिन्सेन्ट भान गगले सन् १८९० मा आत्महत्या गरेका थिए ।
अक्सन हाउसले लिलामीका लागि राखेको पेस्तोल कस्ले किन्यो खुलाइएको छैन । तर, लिलामी बढाबढ हुँदा पेस्तोलका लागि एक लाख ८० हजार डलर तिर्न ती व्यक्ति तयार भएका थिए ।
आत्महत्या गरेको एक सय ३० वर्षपछि उक्त पेस्तोललाई सँसारकै चर्चित हतियार भनिएको थियो । ७ एमएमको लाफौचेक्स रिभल्भरबाट प्रख्यात चित्रकार भ्यान गगले आत्महत्या गरेको अनुसन्धानबाट पत्ता लागेको थियो ।
आत्महत्याको ७५ वर्षपछि फ्रान्सको औभर्स सुर ओइसीका किसानले उक्त पेस्तोल भेटेका थिए । चित्रकार गगले सोही गाउँमा ठाउँमा गोली हानी आत्महत्या गरेका थिए ।