Logo

प्रचण्डले ओलीसँग आज वारपारको छलफल गर्ने



काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ । तर, बैठकको अघिल्लो दिन आज अध्यक्षयद्ध केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच महत्वपूर्ण भेटवार्ता हुने भएको छ ।

स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले आज अर्का अध्यक्ष ओलीसँग पार्टी एकता र सरकार सञ्चालनबारे ठोस रुपमा कुराकानी गर्ने तयारी गरेका छन् । पार्टी नेतृत्वबारे चर्को आलोचना भैरहेको बेला अध्यक्षद्धयबीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । प्रचण्डनिकट एक नेताले भने,‘आज ओली र प्रचण्डबीच आमने सामने हुन्छ । उहाँहरुबीच सबै विषयमा गहन छलफल हुनेछ ।’

नेकपाको सचिवलाय बैठक भोलि बस्दैछ । बैठकले सबै कुरा टुँगो लगाउनुपर्ने दबाब नेतृत्वसामू छ । प्रचण्डपनि अब एकतालाई लिङरिङ गर्नु हुँदैन भन्ने पक्षमा पुगेका छन् । हिजोमात्रै पनि प्रचण्डले पोखरामा पुगेर केही मन्त्रीहरु हटाउनेबारे खुलासा गरेका थिए । पछिल्लो समय अध्यक्षद्धयबीच मन्त्रीहरु हेरफेरबारे पनि ठोस रुपमा कुराकानी भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्