Logo

प्रधानमन्त्री ओलीलाई बाबुरामले सतर्क बनाए



काठमाडौं, ६ असार । समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् ।

शुक्रबार संसदमा बोल्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘हामी खस आर्य समुदायल, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’



प्रतिक्रिया दिनुहोस्