काठमाडौं । पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताएका छन् ।
गुरु गोरक्षनाथ अन्तर्रा्ष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासङ्घले आज आयोजना गरेको बृहत् धार्मिक सभामा उहाँले विसं २०६८ को जनगणनाअनुसार पौने तीन करोड जनसङ्ख्यामा दुई करोड १५ लाख हिन्दू रहेको र संविधानको सुझाव लिने समयको जनमतलाई कदर गरेको भए धर्म सापेक्ष देश हुने थियो भन्ने धारणा राखे ।
विश्वमा ४२ वटा संविधानमै इस्लाम धर्म लेखिएका देश भएको बताउँँदै पूर्वउपराष्ट्रपति झाले सनातनदेखि वैदिक मूल्यमान्यतालाई आत्मसात् गर्दै आएको नेपाललाई धर्म्निरपेक्ष लेखिएकामा लामो समयदेखि असन्तुष्टि रहिरहेको स्पष्ट पारे ।