Logo

ग्रह नमिलेका त्रिपाठी र विडारी एक ठाउँमा, हेर्नुहोस रोचक अन्तरवार्ता



असार ८, काठमाण्डौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राष्ट्रिय सभाका सदस्य रामनारायण बिडारी पटक पटक एउटै कार्यक्रममा सहभागि हुन्छन् ।

टेलिभिजनको प्रत्यक्ष अन्तरवार्तामूलक कार्यक्रममा सहभागि यि दुई व्यक्तित्वबीच जहिले पनि घम्साघम्सी हुन्छ ।

विडारी पनि अधिवक्ता नै भएकाले दुई जनाबीच वाकयुद्ध चल्छ । त्रिपाठी देखिने गरी राजनीतिमा छैनन् भने विडारी सत्तारुढ दल नेकपाको नियुक्तिमा राष्ट्रियसभामा पुगेका हुन् ।

यस अर्थमा विडारीले सरकारको नुन खाएका छन्, त्यसकारण पनि सरकारकै पक्षमा बोल्छन् । त्रिपाठी भने सरकारले गरेका कानुनी कामको खरो विरोध गर्छन् । त्यसैले यि दुई जनाबीचको अन्तरवार्ता निकै रोचक हुने गर्दछ ।

शनिवार ऋषि धमलाले प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा विडारी र त्रिपाठीलाई एकसाथ राखेर बहस सुरु गरे । पछिल्लो समय सरकारले ल्याएका विवादित विधेयकहरुको विषयमा बहस सुरु भयो ।

तर बहस आरोप–प्रत्यारोपमा केन्द्रित भयो । संसदमा पनि सधैँ रोचक सम्बोधन गर्ने विडारीले शनिवारको बहसमा उग्रता सुरुवात गरे ।

“विधेयक ल्याउने काम यो मुलुकका सरकारको बाहेक अरु तोरी लाहुरेको छ । विधेयक सरकारले नल्याए कसले ल्याउँछ ?” विडारीले बडो अचम्मको हाउभाउसहित व्यक्त गरेको भनाई हो यो ।

लगत्तै कानुनका ज्ञाता त्रिपाठीले जवाफ फर्काए–“प्राइभेट विधेयक जसले पनि ल्याउन सक्छ । सरकारले मात्रै विधेयक पेश गर्छ भन्ने छैन ।”

जवाफ दिएपछि त्रिपाठी तोरी लाहुरे भनेकोमा आपत्ती जनाउन थाले । सांसदलाई किन तोरी लाहुने भन्ने भनेर त्रिपाठीले प्रश्न गरेपछि सधैँ हेपाहा प्रवृत्ति देखाउने विडारीले पनि भनिदिए–“तपाईलाई भनेको हो तोरी लाहुरे ।”

दुवै जना एकअर्कालाई संविधान विरोधी कुरा गरेको आरोप लगाउन थाले । विडारीले सांसदको अवहेलना गरेको त्रिपाठीले आरोप लगाए । विडारीले प्रतिकार गरे ।

विवादको चुरो थियो विधेयक । ढिलै भए पनि विडारीले प्राइभेट विधेयक पनि आउन सक्ने स्वीकार गरे । तर दुई जनाबीचको रोचक अन्तरवार्ता अन्तिमसम्म जारी रह्यो ।



प्रतिक्रिया दिनुहोस्