प्रतिनिधिसभा बैठकबाट आर्थिक बर्ष २०७६÷७७ सालको बजेट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले “विनियोजन विधेयक, २०७६ लाई पारित गरियोस” भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले पारित गरेको हो ।
साथै अर्थमन्त्री खतिवडाले “आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस”, “राष्ट्र ऋण उठाउने विधेयक, २०७६ माथि विचार गरियोस्” र ऋण तथा जमानत (तेइसौं) संशोधन) विधेयक, २०७६ माथि विचार गरियास” भनी प्रस्तुत गर्नुभएको बेग्लाबेग्लै प्रस्तावलाई पनि बैठकले बहुमतले स्वीकृत गरेको छ ।
बैठकमा बिभिन्न सांसदहरुले विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयसम्बन्धमा राखेको खर्च कटौतीको प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही असार १३ गते अपराह्न ४ बजे बस्नेछ ।