काठमाडौं, ११ असार । देशभर अबको तीन दिन आंशिक तथा मध्यम वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिन अझै भारी वर्षाको सम्भावना नभएपनि मध्यम र हल्का वर्षा जारी रहनेछ ।
बुधबार दिउँसो देशका अधिकांश भुभागहरुमा सामान्य बदलि भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति पुर्व र मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।
बिहिबार दिउँसो पश्चििमि भूभागमा आंशिक बदली भई पूर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना छ । बिहिबार राति मध्य र पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागामा आंशिक बदली भई पूर्व र मध्यमका धेरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानहरमा वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार दिउंसो मध्यका केही स्थानहरुमा साथै पश्चिम र पूर्वका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । राति पूर्व र मध्यका केही स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।