इरानमाथि कुनै प्रकारको सैन्य हस्तक्षेप नगर्न भन्दै रुसले अमेरिकालाई चेतावनी दिएको छ । रुसको एशिया हेर्ने विशेष दूत जमिर काबुलोभले बुधबार मस्कोमा बोल्दै इरानको पक्षमा रुस हुने बताएका हुन् ।
रुस—इरान पोलिसी फोरममा बोल्दै काबुलोभले भने, यस्तो प्रकारको युद्धमा इरान एक्लो हुनेछैन । अमेरिकाले इरानमाथि हमला गरेमा रुसले के गर्छ भन्ने राष्ट्रपति भ्लादिमिर पुटिनको निर्णयमा भर पर्ने समेत बताए ।
अमेरिकाले इरानमाथि हमला गरे रुस मात्र नभई धेरै अरु देशहरुले सहानुभूती प्रदर्शन गर्ने बताए । इरानमाथि अमेरिकाले हवाई हमलाको तयारी गरिरहेको सूचना आइरहँदा रुसी अधिकारीको भनाई सार्वजनिक भएको हो । रुससँग इरान निकै नजिक छ ।