Logo

ललिता निवास प्रकरण, अख्तियारले थप तीन जनालाई बोलायो



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप तीनजनालाई बयानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ ।

आयोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगद्वारा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदीसहित हुपेन्द्रमणि केसीलाई बयानका लागि बोलाएको हो । उनीहरुलाई सात दिनभित्र बयानका लागि उपस्थित हुन भनिएको छ ।

आयोगले बुधबारमात्र सार्वजनिक सूचना प्रकाशित गरी ललिता निवासको जग्गा व्यक्तिका नाममा ल्याउने कार्यक्रममा संलग्न मालपोतका कर्मचारीसहित ८६ जनालाई बयानका लागि बोलाएको थियो ।



प्रतिक्रिया दिनुहोस्