Logo

खाग तस्करी अझै जारी



दुर्लभ वन्यजस्तु गैंडाको शिकारी र सामाग्री तस्करी अझै भइरहेको छ । खाग तस्करहरु अझै निरुत्साहित भएका छैनन् । प्रहरीले बुधबार दिउँसो गैंडाको खागसहित तीन जनालाई पक्राऊ गरेको छ ।

पक्राऊ पर्नेहरुमा ५३ वर्षीय लालबहादुर गुरुङ, ३३ वर्षीय अष्टबहादुर थिङ र ३४ वर्षीय गोविन्द प्रसाद मोक्तान रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राऊ गरेको हो ।

चितुवाको छालामा चेम्जोङको रजाईँ

चितुवाको छालामा चेम्जोङको रजाईँ । उनीहरुलाई पक्राऊ गर्न बालाजु र गोंगबुको संयुक्त टोली पुग्नुप¥यो । मित्रनरस्थित गेष्ट हाउसबाट पाँचथर घर भएका २४ वर्षीय मिश्रुङ चेम्जोङ र ३० वर्षीय प्रशान्त दास चेम्जोङ बुधबार निकै मिहेनतपछि पक्राऊ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ४६ इन्च लामो चितुवाको छाला र टाउकोको हड्डी फेला परेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्