बर्दिया, १३ असार । रिसको आवेगमा श्रीमतीलाई कुट्दा ज्यान गएको छ । मधुवन नगरपालिका बस्ने केशर बहादुर देशुवा मगरले श्रीमती दिलमाया देशुवा मगरलाई कुटपिट गरेपछि बेहोश भइन् । उनको उपचारका क्रममा मृत्यु भयो ।
जिल्ला अस्पताल बर्दियामा उपचार गर्दा बेहोश भएकी मगरको होस खुलेन । उनी मृत घोषित गरिइन् । घटनापछि बिहिबार साँझ पति केशरबहादुर मगरलाई तारातालबाट खटिएको प्रहरीको टोलीले पक्राऊ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।