Logo

१२ बोरा अवैध जडिबुटीसहित तस्कर गिरोह पक्राउ



बाजुरा, १३ असार । प्रहरीले १२ बोरा अवैध सेतक चिनी र कटुकी जडिबुटीसहित तीनजनालाई पक्राऊ गरेको छ । बुढिनन्दा नगरपालिका बेरसैनबाट बिहिबार उनीहरुलाई पक्राउ गरेको हो

पक्राउ पर्नेहरुमा बाँके कोहलपुर नगरपालिका बस्ने ३८ वर्षीय गगन राना, बाँके नेपालगंज उपमहानगरपालिका बस्ने जडीबुटी ठेकेदार ४५ वर्षीय नारद गिरी र उक्त जडीबुटी बोक्ने कार्यमा संलग्न बाजुरा बुढीनन्दा नगरपालिका बस्ने २३ वर्षीय राम बहादुर रोकाया समेत १२ जना छन् ।

जुरा बुढिनन्दा नगरपालिका बेरसैनमा अबैध जडिबुटी लुकाइछिपाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुढिनन्दाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त जडिबुटी सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्