काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले पूर्व कप्तान तथा वर्तमान उपकप्तान महेन्द्र सिंह धोनीको खेलको प्रशंसा गरेका छन् । आइसिसी क्रिकेट विश्वकपअन्तर्गत बिहीबार भएको खेलमा भारतले वेस्ट इन्डिजलाई १२५ रनको विशाल अन्तरले पराजित गर्यो।
जितसँगै जारी विश्वकपमा भारतले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। भारतको जितमा कप्तान विराट कोहलीले सर्वा्धिक ७२ रन जोडे भने पूर्वकप्तान महेन्द्र सिंह धोनीले अविजित ५६ रन बनाए ।
भारतले वेस्ट इण्डिजलाई २६९ रनको चुनौती दियो र सो चुनौती पछ्याउन आएको वेस्ट इन्डिजलाई १४३ रनमा अलआउट गरेर आफ्नो पक्षमा पार्यो। सो जितपछि कप्तान कोहलीले धोनीको प्रशंसा गरेका छन्।’ धोनीलाई थाहा छ, मध्यक्रममा कसरी खेलिनुपर्छ।