Logo

किमलाई उत्तर र दक्षिणको सीमारखामा ट्रम्पले दिए भेटको निम्तो



दक्षिण कोरियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटको निम्तो दिएका छन् । जी ट्वेन्टी सम्मेलन सकेर कोरिया जाँदै गर्दा उनले ट्वीट गरी किमलाई सीमालाइनमा भेटको आग्रह गरेका हुन् ।

ट्रम्पले ट्वीटमा उत्तर कोरियाका नेता किमलाई सीमानाकामा भेटेमा हाल मिलाएर हेलो भन्ने उल्लेख गरेका छन् । पछिल्लो समय उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध फेरि बिग्रिएको छ ।

ट्रम्पले इतिहास बनाउँदै किमसँग दुई पटक भेटवार्ता गरेका छन् । पछिल्लो भेट भियतनामको हनोईमा भएको थियो । सम्मेलन कुनै सम्झौतामा पुग्न सकेन । Photo: News Punch



प्रतिक्रिया दिनुहोस्