Logo

प्रचण्डमाथि खनिए ईश्वर, अभद्र चर्चा गरेको आरोप



काठमाडौं । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री आलोपालो चलाउने भन्ने कुरा नेकपाको सचिवालयले औपचारिक ढंगमा नजानेको बताएका छन् ।

स्व. मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा नेकपा जिल्ला कमिटी सिन्धुलीले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भद्र सहमति भएको भन्दै अभद्र तरिकाले चर्चा भएको बताएका हुन । उनले भने,‘ढुक्क हुनुस् सरकार पाँच वर्ष सरकार टिक्छ, कसको कति समय भन्ने कुरा वास्ता नगर्नुस्, जरुरी पर्दा पार्टी कमिटीले जस्तो पनि निर्णय लिन सक्छ।’



प्रतिक्रिया दिनुहोस्